पर्वतमा श्वाब दिएका सबैको रिर्पोट आयो, दुई जनाको पोजेटिभ आउँदा एक सय जनाको नेगेटिभ रिर्पोट - News site from Nepal

पर्वत – पर्वत जिल्लामा पछिल्ला दुई दिनमा गरिएको कोरोना परिक्षणमा दुई जनाको पोजेटिभ रिर्पोट आउँदा एक सय जनाको रिर्पोट नेगेटिभ आएको छ ।
प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको १ सय २ जनाको कोरोना परिक्षणका क्रममा २ जनाको पोजेटिभ रिर्पोट आएको छ भने बाँकी १ सय जनाको रिर्पोट नेगेटिभ आएको हो । यो संगै पर्वतमा श्वाब संकलन गरि परिक्षणका लागि पठाइएका सबैको रिर्पोट आएको छ।
स्वास्थ्य कार्यालय पर्वतका तथ्याँक अधिकृत प्रबिण भण्डारीका अनुसार शनिबार ५८ जनाको रिर्पोट आएकोमा एक जना पोजेटिभ र ५७ जनाको नेगेटिभ रिर्पोट आएको थियो भने आइतबार ४३ जनाको रिर्पोट आउँदा एक जना संक्रमित भेटिएका छन । बाँकी ४२ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
आइतबार थपिएका संक्रमितमा महाशिला गाउँपालिका वडा नं ५ लुंखुका ३२ बर्षिय पुरुष रहेका छन । शनिबार जलजला गाउँपालिकाका ३५ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

सिसिएमसी पर्वतका प्रबक्ता समेत रहनुभएका तथ्याँक अधिकृत भण्डारीका अनुसार शनिबार रिर्पोट नेगेटिभ आएकाहरु मध्ये क्वारेन्टाइनमा बसेका ४४ जना छन भने नेपाल प्रहरीका २ जना, सवारी चालक ६ जना र संक्रमिको सम्पर्कमा रहका ३ जना तथा २ जना स्वास्थ्यकर्मी रहेका छन । यस्तै आइतबार नेपाल प्रहरीका ७ जना , पिपलटारीमा घरमै पुगेर संक्रमण पुष्टि भएकी महिलाको सम्पर्कमा आएका थप १० जना र क्वारेन्टाइनमा बसेका थप २६ जनाको रिर्पोट नेगेटिभ देखिएको भण्डारीले जानकारी दिए ।

पर्वतमा हाल सम्म संक्रमितको संख्या ९६ पुगेको छ । जसमध्ये ८७ जना भने निको भइ घर फर्किएका छन् । बाँकी ९ जना आइसोलेसनमा भर्ना भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!