पर्वतको फर्सेमा रहेको शिव माविमा चार कोठे पक्की भवन निर्माणकार्य सम्पन्न - News site from Nepal

पर्वत- पर्वतको जलजला गाउँपालिका वडा न.ं ८, फर्से, मा रहेको शिब माद्यामिक बिद्यालयको ४ कोठे भूकम्प प्रतिरोधात्मक पक्की भवन निर्माण सम्पन्न भएको छ ।
पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) को सहयोगमा भवन निर्माण गरिएको हो।
झण्डै ६८ लाखको लागतमा निर्माण भएको भवन सम्झौता अवधि भन्दा एक महिना अगावै निर्माण सम्पन्न भएको जलजला-८ नाङलीवाङका वडा अध्यक्ष हरिबिकास जिसीले जानकारी दिनुभएको छ ।
भवन निर्माण भएसँगै लकडाउनपछिको विद्यालयका कक्षाहरु सोहि भवनवाट शुरुवात हुने भएका छन् । भवन निर्माणसँगै विद्यार्थीहरुलाई पठनपाठनमा सहज हुने भएको छ । कक्षा १ देखि १० सम्म पढाई हुने उक्त विद्यालयमा भवन अभाव हुँदा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या हुँदै आएको थियो । अब भने कुनै समस्या नहुने अध्यक्ष जिसीले बताउनुभयो ।
पछिल्लो समय जलजला गाउँपालिकाले पनि सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari