पर्वतको  लुँखुदेउरालीमा कोरोना सतर्कताका लागि स्वास्थ्य हेल्प डेस्क - News site from Nepal

पर्वत : कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट सुरक्षित रहने बिषयमा पर्वतको महाशिला गाउँपालिका ५ लुखुँदेउरालीमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

भाईरसको संक्रमणलाई ध्यानमा राखेर वडा कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा संयुक्त रुपमा बैठक बसेर बिभिन्न निर्णयहरु गरिएको वडाध्यक्ष जीवन बिक्रम उचैले जानकारी दिए । उचैका अनुसार बैठकबाट आम सर्वसाधारण जनताहरुलाई सचेत बनाउन पर्चा वितरण गर्ने, माईकिङ गर्ने, चेतनामूलक अभियानहरु संचालन गर्ने, लुंखु देउरालीमा अस्थायी स्वास्थ्य हेल्प डेस्क स्थापना गरी नियमित रुपमा बाहिरबाट आउने यात्रु र अन्य व्यक्तिहरुको पनि स्वास्थ्य परीक्षण गर्ने, औषधि लगायतका अत्यावश्यक सामग्रीहरुको व्यवस्थापन गर्ने, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. बद्री अर्यालको नेतृत्वमा १३ सदस्यीय रेपिड रेस्पोन्स टीम (आरआरटी) अर्थात द्रुत प्रतिकार्य टोली निर्माण गर्ने, आत्यावश्यक काम बाहेक गाउँ वा घर बाहिर नजाने र घरमा नै आइसोलेसनमा बस्न प्रचार प्रसार गर्दै जानकारीहरु बाँड्ने, भ्रमपूर्ण समाचारहरु तथा अबैज्ञानिक र अन्धविश्वास तथा कुप्रचारहरुको खण्डन गर्दै सबैलाई सचेत बनाउने र जनमानसमा उच्च मनोबल विकास गराउने खालका बिभिन्न गतिबिधिहरु संचालन गर्ने निर्णय भएको छ ।

कोरोना लागेका व्यक्तिको सम्पर्क जाँदासाथ तीब्र गतिमा यसको संक्रमण पैmलिने भएका कारण पूर्व सतर्कताको लागि बैठक नै राखेर बिभिन्न कामहरु गर्ने निर्णय गरिएको वडाध्यक्ष उचैले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!