कुश्माको राष्ट्रिय बाल शिक्षाले पनि प्रजातन्त्र दिवसमा गर्यो सरसफाई - News site from Nepal

पर्वत– प्रजातन्त्र दिबसको अवसरमा पारेर राष्ट्रिय बाल शिक्षा सदन अंग्रेजि आवासिय माबि कुश्मा पर्वतले कुश्मा बजार सरसफाई गरेको छ । आँफु मात्र र आफ्नो घर मात्र सफा भएर पुग्दैन नेर घेरको र आफ्नो समाजनै सफा राख्ने प्रयास सबै मिलेर थालनि गर्नुपर्छ भन्ने उदेश्यका साथ बिद्यालयले सरसफाई थालेको जनाएको छ ।
बिद्यालयको स्काउट ट्रूपद्वारा आयोजित बिद्यालय क्षेत्र सरसफाई कार्यक्रममा बिद्यालयका शिक्षकहरू, अभिभाबक, शेयर सदस्यहरू को उपस्थिति रहेको थियो । कार्यक्रममा बिद्यालय सञ्चालक समितिका कोषाध्क्ष लेखनाथ शमार्, प्रिन्सिपल थानेश्वर ढकाल, अभिभाबकहरू दामोदर क्षत्री, केदार सुवेदी लगायतले स्काउट शिक्षक मिना खड्कालाई संयुक्त रूपमा सरसफाई सामाग्रि हस्तान्त्रण गरेर कार्यक्रमको सूरूवात गरिएको थियो । बिद्यालय वरपरका सडकहरूका प्लास्टिक जन्य फोहोर बस्तुहरूको सरसफाई गरिएको प्रिन्सिपल थानेश्वर ढकालले जानाकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!