पर्वतको कुश्मामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि - News site from Nepal
पर्वतको कुश्मामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

पर्वत- पर्वतमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कुश्मा नगरपालिका वडा नं. ६ का दुई जना २९ र २२ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा गरिएको परिक्षणमा कुश्मा नगरपालिका वडा नंं. १ का २६ र ४७ वर्षिया महिलालाई पुष्टि भएको छ । उनिहरु दुवै जना कन्ट्राक्ट ट्रेसिङवाट पहिचान भएका हुन् ।
दुवै जनालाई आइशोलेशनमा व्यवस्थापन गरिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या ३ सय ३० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!