पर्वतको बालाकोटमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना - News site from Nepal
पर्वतको बालाकोटमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना

पर्वत- पर्वतको महाशिला गाउँपालिका वडा नं. ३ बालाकोटमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ ।
एक कार्यक्रमका विच गाँउपालिका अध्यक्ष राजु पौडेलले सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्नुभएको छ । सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय बासिन्दा खुःसी भएका छन् । एक जना अहेब सहित नर्सहरु राख्ने गरि सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि सेवा सुचारु गरेको महाशिला गाँउपालिकाका प्रवक्ता जिवन उचै ठकुरीले बताउनु भयो । सामुदायिक स्वास्थ्य इकाई स्थापना भई सेवा संचालनमा आए पछि यहाँका स्थानीयबासि हर्षित बनेका छन् । एक ट्याब्लेट सिटामोलका लागि झण्डै १ घण्टाको पैदल हिडेर लुंखु प्राथमिक स्वास्थ्य केन्द्र पुग्नुपर्ने समस्या थियो ।

अबदेखि त्यो समस्याबाट आफुहरुले छुटकारा पाएको वडा नम्बर ३ का स्थानिय बिमल रिजालले बताउनुभयो । सामान्य टाउको दुख्दा, हात खुट्टा काँटिदा उपचारका लागि लुंखु प्राथमिक स्वास्थ्य केन्द्र पुग्नु पर्ने बाध्यता अब हटेको छ । उहाँले ससाना बालबालिकाहरुले पनि स्वास्थ्य समस्याबाट छुटकारा पाउने भन्दै खुःसी समेत ब्यक्त गर्नु भयो ।

यहाँको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गाँउपालिकाको सहयोगमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि सेवा संचालनमा ल्याएको पालिका प्रमुख राजु पौडेलले बताउनुभयो । यस गाँउमा झण्डै १५० भन्दा बढी परिवार बसोबास गर्दछन् । अलि दुर्गम ठाँउ भएका कारण गाँउपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको उहाँले बताउनु भयो । अब देखि कुनै पनि बालबालिकाहरुले खोप लगाउनबाट बन्चित हुन नपर्ने र अकालमा गर्भवती महिलाहरुले ज्यान गुमाउन नपर्ने उहाँको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!