पर्वतको झिलिबराङ आधारभुत विद्यालयका दुई कोठा पहिरोले भत्कियो, विद्यालय जोखिममा - News site from Nepal

पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेमा रहेको एक विद्यालय पहिरोले  भत्किएको छ ।
स्थानीय झिलिबराङ आधारभुत विद्यालय लगातारको वर्षाका कारण पहिरो जाँदा भत्किएको हो ।
विद्यालय भन्दा तल्लो भागमा पहिरो जाँदा दुई कक्षा कोठा पुर्ण क्षति भएको छ भने अन्य चार कक्षाकोठा रहेको भवन जोखिममा परेको छ । लगातारको वर्षाका कारण साउन १ गते पहिरो गएर विद्यालयमा पुणर् रुपमा क्षति पुगेको विद्यालयका प्रद्यानाध्यापक कुलप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार लक डाउनका कारण विद्यालय बन्द भएकाले पठनपाठनमा असर नगरेपनि लकडाउनपछि कक्षा संचालनमा समस्या हुने बताउनुभयो । उहाँले विद्यालयमा पुगेको क्षतिका बारेमा सम्वन्धित निकायमा जानकारी गराएको जानकारी दिनुभयो ।
कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा अहिले ८० जना विद्यार्थी अध्ययनरत रहेका छन् । भुवनोट कमजोर र लगातारको वर्षाका कारण पहिरो गएको हुनसक्ने विद्यालयका प्रअ पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari