पर्वतका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल क्षेत्रमा आवगमन बन्द, कुस्माबजारमा सुरक्षा कडाई - News site from Nepal

पर्वत – कोरोना संक्रमितको उपचारमा संलग्न पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि समुदायमा संक्रमण फैलन नदिन सुरक्षा सर्तकर्ता बढाउन थालिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय कोरोना रोकथाम तथा व्यवस्थापन समितिको बैठकले उच्च सतर्कताका साथ कडाई गर्ने निर्णय गरेको हो ।
समितिको बैठकले अस्पताल क्षेत्रमा आवगमन बन्द गराउने निर्णय गरेको छ । अस्पाताल क्षेत्रमा वरपर सुरक्षाकर्मी राखेरै आवगमन बन्द गराई सकिएको छ ।
कुस्माबजारमा नावश्यक रुपमा हिडडुल गर्न नदिने र अत्याबश्यक बाहेक पसल तथा सेवा बन्द गर्नका लागि आग्रह गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बजार सिल नगरिने तर उच्च सर्तकता अपनाउने निर्णय भएको बताउनुभयो । ‘बजार नै सिल गर्न लागेका छैनौ’ उहाँले भन्नुभयो ‘अस्पतालका स्वास्थ्यकर्मीहरुको स्वाब परिक्षणको रिर्पोट नआए सम्म थप उच्च सतर्कता अपनाउने छौ’ कम्तीमा २ सय जना संक्रमित भएको ठाउँमा मात्रै निश्चित क्षेत्र सिल गर्न सकिन्छ ।
गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माका अनुसार संक्रमित स्वास्थ्यकर्मी संग सम्पर्कमा रहेका सबै स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको छ भने
स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमको नेतृत्वमा कन्ट्रयाक्ट ट्रेसिङको काम शुरु भएको छ ।

कोरोना संक्रमितको उपचारमा संलग्न ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि पर्वत अस्पतालमा इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरिएको छ । । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । पर्वत अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संलग्न डाक्टर सहितका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको स्रोतले जनायो । कोरोना अस्पतालमा कार्यरत ७ जनाको नमुना परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना अस्पतालमा एक हप्ता बिताइएपछि उनीहरु अहिले पनि क्वारेन्टाइनमा नै रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!