पर्वतमा खाद्यन्न पसल विहान र बेलुका मात्र खोल्न पाइने - News site from Nepal
पर्वतमा खाद्यन्न पसल विहान र बेलुका मात्र खोल्न पाइने

पर्वत – जिल्ला प्रशासन कार्यालय पर्वतले एक सुचना प्रकाशित गर्दै खाद्यन्नका पसलहरु विहान र बेलुका मात्र खोल्ने नियम जारी गरेको छ । लक डाउनललाई प्रभावकारी पालना गराउनका लागि विहान ७ बजे देखि १० बजेसम्म र बेलुका ४ बजे देखि ७ बजेसम्म मात्र पसल खोल्न पाइने नियम प्रशासन कार्यायलले बनाएको हो ।

सुचना बमोजीम मेडिकल र कृषिजन्य पसल भने सवै समय खुल्ला हुनेछन् । बाँकी पसलहरु विहान र वेलुका मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धनश्याम गौतमले जानकारी दिएका छन् ।

यस अघि वित्तिय संस्थाहरुलाई पनि बारका आधारमा मात्र खोल्न पाइने नियम प्रशासन कार्यालयले बनाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!