बजार अनुगमनमा कडाई ः कालोबजारी गर्नेलाई नछाडिने - News site from Nepal
बजार अनुगमनमा कडाई ः कालोबजारी गर्नेलाई नछाडिने

पोखरा– अत्यावश्यक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि भएको जनगुनासो आएपछि गण्डकी प्रदेश सरकारले बजार अनुगमनमा कडाई गरेको छ । बजारमा कृतिम अभाव सिर्जना गर्ने तथा चर्को मूल्य वृद्धि गरी सर्वसधारणलाई लकडाउनको अवस्थामा ढाड सेक्न खोज्नेहरुलाई नछाडिने प्रदेशस्तरीय आपूर्ति व्यवस्थापन समितिका अध्यक्ष तथा उद्योग, पर्यटन वन, तथा वातावरण मन्त्री विकास लम्सालले बताएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई रोक्नका लागि सरकारले गरेको लकडाउनको बेला कृतिम अभाव र मूल्यवद्धिका विषयमा अनुगमन गर्न मन्त्रालयको संयन्त्रलाई नै गोप्यरुपमा पसल पसलमा पठाइएको छ । आधिकारिक प्रमाण पाउनासाथ त्यस्तालाई कडाभन्दा कडा कारवाही हुन्छ, मन्त्री लम्सालले भने ।
अहिले गण्डकी प्रदेशको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले पोखराका विभिन्न पसलहरुको प्रत्यक्ष, अप्रत्यक्ष रुपमा अनुगमन गरिएको छ । त्यसैगरी गण्डकी प्रदेशका एघारै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्लास्तरीय आपूर्ति व्यवस्थापन समितिले पनि सबै जिल्लामा बजार अनुगमनको कार्यलाई तिब्रता दिएको भनिएपनि प्रदेशका पोखरा, कुश्मा लगायतका बजारहरुमा लकडाउनको तेस्रो सातापछि चर्को मूल्य वृद्धिभएको स्थानीय उपभोक्ताहरुको गुनासो रहेको छ ।
एक उपभोक्ताले नाम नबताउने शर्तमा ८० रुपैयाँ पर्ने आधा लिटर खानेतेललाई अहिले ९० रुपैयाँ तथा २ सय असी पर्ने ५ के.जी. आटालाई अहिले ३ सय रुपैयाँ तथा चामलमा पनि पच्चिस के.जी.को बोरामा झण्डै १ सयदेखि १ सय पचाससम्म मूल्य बढाएको बताए । त्यसैगरी गाइवस्तुको दाना चोकरमा त झन भारी मूल्यवृद्धि भएको छ । लकडाउन अघि १ हजार ६ सय पचास पर्ने १ बोरा चोकरलाई अहिले २ हजार पचास भन्ने गरेका छन् ।
गण्डकी प्रदेशको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्माले अत्यावश्यक खाद्यवस्तुको अभाव रहेको नभेटिएको तर केही साना पसलहरुले होलसेलरहरुकहाँबाट सामाना खरिद गर्दा नै ग्राहक सरहकै मूल्यमा सामान खरिद गर्नुपरेकोले केही वस्तुमा सामान्य मूल्यवृद्धि भएको पाइएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!