फागुन ३० गते विद्यालयमा पठनपाठन सकेर घर फर्किँदै गर्दा शिक्षक ढकाललाई विमल पराजुली र गणेश पराजुलीले बाटोमा कुरेरै बसेर कुटपिट गरेका थिए । कुटपिटबाट शिक्षक ढकालको आँखामा गम्भिर चोट लागेको छ । कुटपिट पश्चात् चैत १ गते पिडित शिक्षक ढकालले जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी उजुरी दिएका थिए ।
शिक्षक ढकालको उजुरीका आधारमा प्रहरीले विमललाई चैत ३ गते गिरफ्तार गरेको हो भने अर्का आरोपित गणेश पराजुलीको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर विकास थापाले जानकारी दिनुभयो । नियन्त्रणमा रहेका आरोपित विमल पराजुलीलाई सार्वजनिक हित विपरित कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतबाट चैत ४ गते मंगलबार नै थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको उहाँले बताउनुभयो ।
शिक्षक ढकाललाई विद्यालय व्यवस्थापन समिति गठनको विषय र विद्यालयले संकलन गर्दै आएको सहयोग रकम सम्बन्धि विषयलाई लिएर कुटपिट गरेको सामान्य बुझिएको र थप सोधपुछ कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पर्वत- पर्वतको विहादी गाउँपालिका २ बर्राचौरमा सञ्चालित आम्बारी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक ३६ बर्षिय कृष्ण ढकाललाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले सोही स्थानका २८ बर्षिय विमल पराजुलीलाई चैत ३ गते गिरफ्तार गरेको छ ।