लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वत अदालतले शुरु गर्यो कोराना विरुद्ध पुर्व सतर्कता अभियान, हात धोएर मात्रै सेवाग्राहीलाई प्रबेशाज्ञा - News site from Nepal

पर्वत – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध पर्वत जिल्ला अदालतले पुर्व सतर्कता अभियान सञ्चालन गरेको छ । अभियान सँगै अदालतले कार्यालयमा जुनसुकै काम लिएर आएका सेवाग्राहीहरुलाई हात धोएर मात्रै प्रबेशाज्ञा दिने गरेको छ ।
अदालतमा अन्य कार्यालयहरु भन्दा सेवाग्राहीहरुको चाप बढी हुने गरेकाले पुर्व सतर्कता अनुरुप हात धुने अभियान शुरु गरिएको अदालतका तहसिलदार नन्दप्रसाद आचार्यले बताउनुभयो । पर्वत जिल्ला अदालतमा दैनिक ४० देखि ५० जना सम्म सेवाग्राहीहरु आउने गरेका छन् ।
यता प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले कार्यालय प्रमुखहरुको बैठक बोलाएरै पुर्व सतर्कता अप्नाउन निर्देशन दिएको बताउनुभयो । बढी सेवा ग्राहीको चाप हुने कार्यालयहरु जस्तै जिल्ला प्रशासन कार्यालय, जिल्ला भित्रका पालिकाका कार्यालयहरु, मालपोत कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुमा सतर्कता अप्नाउन निर्देशन दिइएको उहाँले बताउनुभयो । कार्यालयहरुमा हात धुने स्थानको व्यवस्थापन र सेनिटाइजरको प्रयोगका लागि अनुरोध गरिएको प्रजिअ नेपालले बताउनुभयो ।
यस अघि पर्वतमा प्रमुख जिल्ला अधिकारीको संयोजनमा विपत व्यवस्थापन समितिको बैठक बसी खाद्यान्न व्यवस्थापन तथा अन्य सरसफाईका सामग्रीहरुको विषयमा छलफल भएको थियो । स्वास्थ्य कार्यालय पर्वतमा आइसुलेसन वार्ड स्थापना गर्नेे समेत निर्णय भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!