
पर्वत– लेखापढी ब्यबसायी लक्ष्मणप्रसाद रेग्मी मृत अबस्थामा फेला परेका छन । पर्वतको फलेबास नगरपालिका वडा नं ४ मुिडकुवाका बासिन्दा रेग्मी मोदीखोलामा मृत अबस्थामा फेला परेका हुन ।
मालपोत कार्यालयमा लेखापढी गर्दै आएका रेग्मी मंगलबार दिउँसो ३ बजेको समयमा कुस्मा नगरपालिका वडा नं ५ मा पर्ने मोदीबेणी र फलेबास जोड्ने पुल नजिक मृत अबस्थाा फेला परेका थिए । कार्यालयबाट फर्केपछि मोदीखोलामा हामफालेर आत्महत्या गरेको आफन्तले बताएका छन । केही समय यता उनको मानसिक सन्तुलन गुमेको थियो ।
मृतक रेग्मीको बुधबार मोदीबेणीमा दाहसंस्कार गरिएको छ ।