पर्वत– प्रदेश नम्बर ५ उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय बुटवलले प्रदेश ४ को पर्वत सदरमुकामको कुस्मा नगरपालिकालाई लुम्बिनी भ्रमण बर्ष २०७६ को निमन्त्रणा पत्र हस्तान्तरण गरेको छ ।
पत्र ग्रहण गर्दै कार्यक्रमका प्रमुख अतिथी कुस्मा नगरपालिकाका उपप्रमुख सीताकाफ्ले लामिछानेले अभियान मार्फत एक प्रदेश अन्य प्रदेशसँग परिचित हुने भन्दै आपसी साझेरीको दिगोपनको कामना गर्नुभयो । उहाँले यसरी सरकारले बोकेको लक्ष्य पुरा गर्न सकिने भनाई राख्दै कुस्मा सहित पर्वत जिल्ला प्राकृतिक रुपमा विश्वको अनुपम स्थान रहेको भन्दै यहाँ घुम्न अनुरोध गर्नुभयो । उहाँले यहाँ निमार्ण भएका विश्वको अग्लो बञ्जी जम्प,यहाँका गुफाहरु,माहशिला,पैयुँकोट दरबार लगायतका दजर्नौ संरचना पर्यटकको पर्खाइमा रहेको बताउनुभयो ।
यस्तै,मन्त्रालयले प्रदेश ५ ले थालेको अभियानमा देशभरका नगरपालिकालाई जोड्न थालेको मन्त्रालयका पर्यटन अधिकृत लक्ष्मण अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारबाट सन् २०२० लाई नेपाल पर्यटन बर्षका रुपमा मनाउन लागिएको कार्यक्रमलाई आधार प्रस्तुतु गर्न अभियानमा निस्केको बताउनुभयो । अर्का,अधिकृत नारायण प्रसाद अर्यालले विभिन्न उत्सवको आयेजन गर्दै पर्यटक भित्राउन सकिने खाका प्रस्तुत गर्नुभएको थियो ।
उहाँले यसरी अभियान मार्फत आफैुहरुले जानकारी दिनसके प्रत्यक्ष लाभ मिल्ने बताउनुभयो । कुस्मा नगरपालिकालाई आमन्त्रण गर्न आएको प्रदेश ५ पर्यटन मन्त्रालय भ्रमण बर्ष कार्यक्रमको सहजीकरण अभियानता रामप्रसाद पन्थीले गर्नुभएको थियो