महाशीला सामाजिक महिला उद्यमी सहकारीको साधरण सभा, विपन्नको आयआर्जनमा सहकारीको भूमिका महत्वपुर्ण ः प्रवक्ता ठकुरी - News site from Nepal

पर्वत– महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चै ठकुरीले विपन्न परिवारको आर्थिक अवस्था सुधारमा सहकारी संस्थाहरुको भूमिका महत्वपुर्ण रहेको बताउनुभएको छ ।
महाशीला सामाजिक महिला उद्यमी सहकारी सस्था लिमिटेड महाशिला ५ लुङ्खुदेउरालीको सातौ बार्षिक साधरण सभालाई शनिवार सम्वोधन गर्दै प्रवक्ता ठकुरीले सहकारीहरु आफ्नो नीति नियम भित्र रहेर संचालन हुनुपर्ने बताउनुभयो । पछिल्लो समग शहरी क्षेत्रका सहकारीहरुको विकृतिहरु देखिन थालेको बताउँदै ग्रामीण क्षेत्रका सहकारीहरुले स्थानीय वासीहरुको आर्थिक अवस्था र थोरै लगानीमा धेरै आयआर्जन हुने खालका क्षेत्रमा लगानीलाई केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
सहकारीका अध्यक्ष कमला कुस्मेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्मा, नेकपाका नेता टीकु मल्ल ठकुरी, नेपाली काँग्रेसकी नेतृ सिर्जना मल्ल र राष्ट्रिय जनमोर्चाका कृष्ण क्षेत्री, समाजसेवी एकबहादुर हमाल लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा हेफर ईन्टरनेशनल पोखराका कार्यक्रम संयोजक श्याम पौडेलले स्थानीय विपन्न महिलाहरुको आयआर्जनमा हेफरले सहकारीसँग आवश्यक सहकार्य गर्दै आएको बताउनुभयो । उक्त सहकारीले वडा कार्यालयसँग सहकार्य गर्दै स्थानीयस्तरमा सहकारीका सदस्यहरुले उत्पादन गरेका खसी बोका र दुधको निर्यात गर्दै आएको छ । यहाँ उत्पादित खसीवोका, कुखुरा र दुध पोखरा तथा सदरमुकाम कुश्माबजार पठाउने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!