पर्वतको महाशीलामा भीरबाट खसेर बृद्धको मृत्यु - News site from Nepal
पर्वतको महाशीलामा भीरबाट खसेर बृद्धको मृत्यु

पर्वत – पर्वतमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको महाशीला गाउँपालिका ५ लामेका ५३ वर्षीय नरबहादुर सुनारको भीरबाट लडेर मृत्यु भएको हो ।
मंगलबार आफ्नै गाउँका टेकबहादुर सुनारको घरमा भेटघाट गरी फर्केका नरबहादुर घर नआएपछि खोजतलास गर्ने क्रममा बुधबार दिउसो १।०० बजे लामे भीरको ३० मीटर तल मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!