पर्वतमा प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएसन गठन - News site from Nepal
पर्वतमा प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएसन गठन

पर्वत- इन्जिनियरहरुको साझा संस्था प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएसन (पिन) पर्वत जिल्ला समिति गठन भएको छ । नवगठित जिल्ला समितिको संयोजकमा इन्जिनियर रमेशराज जोशी रहनुभएको छ । उपाध्यक्षमा संजय लामिछाने, सचिबमा सम्राट पौडेल र कोषाध्यक्षमा अनिल कमल न्यौपाने रहनुभएको छ ।
समितिका सचिबालय सदस्यमा दिपा सुवेदी, संजय लामिछाने र राजु भुषाल रहनुभएको छ भने सदस्यहरुमा आनन्द शर्मा, प्रकाश पौडेल, श्रीकृष्ण तिमिल्सिना, शान्तराज पौडेल, सुवास भट्टराई, इश्वर भुसाल र अग्निचन्द्र सुवेदी, टंकबहादुर खत्री, सुशिल ढकाल, सागर रेग्मी, आयुस केसी, विशाल खड्का, रविन लामिछाने र प्रवल श्रेष्ठ रहनुभएको सचिब सम्राट पौडेलले जानकारी दिनुभयो ।
संस्थाले प्राविधिकहरुको हक हितमा काम गर्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!