पर्वतको प्रसिद्ध खौलाज्ञादी भुमेकोतमा पनि पुजापाठमा रोक - News site from Nepal
पर्वतको प्रसिद्ध खौलाज्ञादी भुमेकोतमा पनि पुजापाठमा रोक

पर्वत-पर्बतको कुश्मा नगरपालिका १३ खौलालाकुरीमा अबस्थित खौला ज्ञादी भुमेकोतमा यस बर्ष सर्बसाधारणको लागि पुजा पाठमा सहभागी हुन रोक लगाईएको छ । कोट ब्यबस्थापन समितिको घटस्थापनाका दिन बसेको बैठकले कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै सर्बसाधरणका लागि रोक लगाएको हो ।
बर्षौ देखि पञ्चबलिसहित पुजा अर्चना र दशैको अबसरमा सामुहिक टिका ग्रहण कार्यक्रम सञ्चालन हुदै आएको कोतमा यसबर्ष उक्त कार्यक्रम नगर्ने निणर्य भएको समितिका अध्यक्ष खड्कबहादुर केसीले जानकारी दिए ।
सर्बसाधरणका लागि पुजा गर्ने ब्यबस्थामा रोक लगाईएपनि कोतको परम्परागत बिधि अनुसारका कार्यक्रम भने समिति र पुजारीहरूको समन्बयमा सञ्चालन हुने अध्यक्ष केसीले जानकारी दिए । जस अनुसार फुलपाति छनोट गर्ने, कालरात्री पुजा, मौलो पुजा, मौलोमा टिका लगाउने कार्यक्रम आन्तरिक रूपमा नै सञ्चालन गरिने केसीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!