पर्वतमा नेपाली सेनाका एक जवान सहित थप दुई जनामा संक्रमण पुष्टि - News site from Nepal

पर्वत- पर्वतमा नेपाली सेनाका एक जावानमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
पोखरामा  गरिएको परिक्षणमा पर्वत स्थित नेपाली सेनाको गोदाम व्यारेकमा कार्यरत ३७ वर्षिय एक जवानका कोेरोना संक्रमण पुष्टि भएको हो । पर्वतमा सुरक्षाकर्मिमा देखिएको यो दोस्रो संक्रमित हो । यस अघि जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत एक जवानमा संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी शुक्रवारै कन्ट्राक्ट ट्रेसिङमा परेकी एक महिलामा संक्रमण पुष्टि भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ घर भई वडा नं. ६ कुश्मामा बस्ने ५७ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको सिसीएमसी पर्वतले जनाएको छ । संक्रमित महिला यस अघि संक्रमण पुष्टि भएका एक बृद्धको परिवारकी सदस्य हुनुहुन्छ ।
संक्रमित नेपाली सेनाका जवानलाई सेनाको आफ्नै आईशोलेशनमा राखेर उपचार गरिने भएको छ । छुट्टिमा गृह जिल्ला दाङ जानुभएका उहाँ विदा सकिएर फर्किएपछि क्वारेन्टिनमा नै रहनुभएको थियो ।
त्यसैगरी संक्रमित महिलालाई शनिवार विहान सामुदायिक आइशोलेशनमा लागेर उपचार गरिने भएको छ ।
पर्वतमा उनिहरुसँगै संक्रमितको संख्या १ सय १४ पुगेको छ । यस अघि १ सय ७ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अब आईशोलेशनमा ७ जना उपचाररत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!