आज बिहानै गण्डकी प्रदेशमा थपिए ८ कोरोना संक्रमित - News site from Nepal
आज बिहानै गण्डकी प्रदेशमा थपिए ८ कोरोना संक्रमित

पोखरा – गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार मंगलबार बिहान ८ संक्रमित थपिएका हुन् ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणअनुसार पोखरा महानगरपालिकाका ४ जना, नवलपरासी पूर्वका २ जना र बाग्लुङका २ जना गरी ८ जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७६४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!