पर्वतमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको सख्ंया ३४ पुग्यो - News site from Nepal

पर्वत- पर्वतमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको प्रयोगशालामा भएको परिक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालले जनाएको छ । संक्रमितहरुमा कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीका १, वडा नं. १३ खौलालाकुरीका १ जना गरी २ जना, फलेवास नगरपालिकाका वडा नं. २ थापाठानाका २ र मोदी गाउँपालिका वडा नं. ६ तिलाहारका १ जना पुरुष रहेका छन् ।
उनिहरु सवै भारतवाट र्फिर्कएर कुश्माको पुलिङ क्वारेन्टाईनमा बसेका थिए । उनिहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ । यो सँगै पर्वतमा संक्रमितको सख्ंया ३४ पुगेको छ । बुधवार मात्र पर्वतमा फलेवास नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको थियो ।
आज पुष्टि भएकाहरुलाई पनि कुश्माको अस्थायी कोरोना अस्पतालमा भर्ना गरेर उपचार गरिने पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!