पर्वतको कुश्मा नगरपालिकाका दश वडामा ५/५ बेडको क्वारेण्टाईन निर्माण गरिँदै - News site from Nepal

पर्वत– पर्वतको कुश्मा नगरपालिकाका १० वटा वडामा ५/५ बेडको क्वारेण्टाईन निर्माण हुने भएको छ । सबै वडाले आफ्नो अनुकल स्थानमा क्वारेण्टाईन निर्माण गर्न थालिएको कुश्मा नगरपालिकाले जनाएको छ ।
आईतवार बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । कुश्मा नगरपालिकाका ४, ५ ६ र ७ का लागि शिवालय माविमा क्वारेण्टाईन बनिसकेकोले कुश्मा नगरपालिका १, २, ३ , ८ , ९, १०, ११, १२, १३ र १४ वडामा एक÷एक वटा क्वारेण्टाइन बनाउन थालिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । कुश्मा नगरपालिका १२ ले भने यसअघि नै क्वारेण्टाईन निर्माण गरिसकेको छ ।

भारतबाट र वाहिरी जिल्ला बाट कोहि नयाँ व्याक्ति आएमा उनीहरुको निगरानीका लागि क्वारेण्टाईन बनाउन थालिएको हो । नव आगन्तुकलाई अनिवार्य क्वारेण्टाईनमा राखेर पिसिआर परिक्षण गर्न निर्देशन दिईएको जोशीले बताउनुभएको छ । नगरपालिकाले किसानहरुका उत्पादन सहज रुपमा बजारीकरणका लागि सहज बनाउने निर्णय भएको छ । त्यस्तै काम नपाएर समस्या भएका नागरिकलाई सहयोग गर्न नगरपालिकाले योजना बनाएको पनि जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!