कपिलवस्तु जिल्लाका भारतको सीमावर्ती क्षेत्रका बासिन्दाहरु रातभर जाग्राम बस्ने गरेका छन् । भारतको सिमाना नजिकै रहेका आधार दर्जन गाउँका बासिन्दा कोरोना संक्रमण नियन्त्रणका लागि रातभर पहरा दिने गरेका छन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल र भारत सरकारले दुवै तर्फबाट सीमा नाका पूर्णरुपले बन्द गरे पनि सर्वसाधारण रातमा लुकीछिपी नेपाल प्रवेश गर्ने गरेकोले सीमावर्ती क्षेत्रका बासिन्दाले उनीहरुमाथि निगरानी राखेका हुन् ।
कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिका क्षेत्रका ठाकुरापुरा, गडुवाजोत, मनोहरापुर, भागवनपुर, बाराईपुर, गणेशपुर लगायतका ठाउँहरुका युवाहरु पालैपालो रातभर डियुटी बस्ने गरेको स्थानीय युवा रामप्रकट कोरीले बताए ।
यसैगरी भारतसँग सिमाना जोडिएका अन्य जिल्लाका गाउँवस्तीका युवाहरुले पनि सुरक्षा निकाय तथा स्थानीय तहसँग सहकार्य गरेर भारततर्फबाट नेपाल प्रवेशमा रोक लगाउन थालेको बताइएको छ । सीमानाकाबाट मानिसको आवतजावतलाई रोक्नका लागि नेपाल सरकारले पनि सुरक्षा तैनाथी वृद्धि गरेको छ ।
फोटो : फाइल