पर्वतमा भोलीदेखि हुने एसईई परिक्षाको सवै तयारी पुरा, झण्डै २७ सय परिक्षार्थी - News site from Nepal

पर्वत– पर्वतमा बिहीवारदेखि शुरु हुने एसईई परिक्षाको सवैजसो तयारी पुरा भएको छ । बिहीवारदेखि शुरु हुने परिक्षाको सवैजसो तयारी पुरा भएको हो ।
एसईई परिक्षाका लागि यस वर्ष १९ वटा परिक्षा केन्द्र तोकिएको छ । यस वर्ष पर्वतवाट २ हजार ६ सय ८० जना विद्यार्थी परिक्षामा सहभागि हुने भएका छन् । जस मध्ये छात्रा १३ सय ८६ जना रहेका छन् भने छात्रको संख्या १२ सय ९४ रहेको छ ।
ग्रेड बृद्धिका लागि पनि पर्वतमा ९१ जना विद्यार्थी सहभागि हुनेभ एका छन् । त्यसैगरी १९ जना केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष १८ जना परिचालन गरिने छ । त्यसैगरी हरेक दिन १ सय ३१ जना निरिक्षक खटिने छन् भने परिक्षा सहायक २७ जना खटिने भएका छन् ।
त्यस्तै परिचर ५२ जना हरेक परिक्षा केन्द्रमा १५ जनाको दरले ५३२ जना सुरक्षा कर्मि परिचालन गरिने जिल्ला शिक्षा तथा समन्वय ईकाई प्रमुख उद्धिमराज पौडेलले जानकारी दिनुभयो । प्रत्येक परिक्षा केन्द्रमा हेल्थ डेक्सको व्यवस्था गर्न पालिकालाई परिपत्र गरिएको छ ।
परिक्षाको तयारी अन्तर्गत उत्तर पुस्तिका हरेक केन्द्रमा पुगिसकेका छन् भने प्रश्नपश्त्र नजिकको प्रहरी चौकीमा पुगेको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!