प्रमुख समाचार

बागलुङको जैमिनीका क्यान्सर पिडित मिठे परियारको उपचारका लागि आर्थिक अभाव, सहयोगका लागि अपिल

By लोकतन्त्र अनलाईन

February 18, 2020

याम परियार ‘शिव’ पर्वत– आर्थिक रुपमा विपन्न जैमिनि नगरपालिका वडा नं. ५ बिनामारेका ५७ वर्षिय मिठे परियार विगत एक महिनादेखि मृगौलाको क्यान्सर रोगवाट पिडित बनेका छन् । न्यून आर्थिक अवस्थाका परियार अहिले उपचारका लागि शहिद विपि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत रहेका छन् । उनलाई मृगौलाको क्यान्सर र प्यारालाईसिस समेत भएकाले लामो समय अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्था छ । उनि हिडडुल गर्न र दैनिक कामकाज समेत गर्न नसक्ने भएपछि झनै आर्थिक संकट परेको छ । ६ वटा छोरीका बाबु समेत रहेका उनको परिवारमा अहिले श्रीमान श्रीमती मात्रै रहेका छन् । भने छोरीहरुको विहेवारी भैसकेको छ । आर्थिक अभावका कारण दैनिक उपचारमा समस्या परिरहेको अस्पतालको शैयामा रहेका परियारले रुदै गुनासो गर्नुभयो । चिकित्सकहरुले दुवै रोगको उपचारका लागि करिब रु २० लाख रुपैया लाग्ने जनाएपछि अहिले उनकी श्रीमती रुपा परियार आर्थिक सहयोगको अपिल गर्दै भौतारिईरहेकी छिन् । उनले भनिन् जग्गा जमिन बेचम भने एक सुर्को पनि छैन कमाई गर्ने छोरा पनि छैन, म आफुपनि उनैलाई कुरेर अस्पतालमा बस्नु परेपछि झनै समस्या भयो ।’ उनले विभिन्न सहयोगी निकायहरुसँग उपचारका लागि आवश्यक सहयोग गरिदिन पनि आग्रह गरेकि छिन् । कपडा सिलाउने हाते मेशीन लिएर बालीघरे प्रथामा काम गर्दै आएका परियारलाई जीवनमा बज्रपात परेको हो । उनलाई सहयोग गर्न चाहानेहरुले मोवाई नम्वर ९८०५११७८२८ र ९८०५१०६५७९ मा सम्पर्क गर्न सकिने छ । भने राष्ट्रिय वाणिज्य बैंकमा अर्जुन परियारको नाममा रहेको खाता नम्वर ३४०००१३३३५१० मा जम्मा गरिदिई जीवन रक्षा गरिदिनुहुन परिवारले आग्रह समेत गरेको छ ।