बागलुङको जैमिनीका क्यान्सर पिडित मिठे परियारको उपचारका लागि आर्थिक अभाव, सहयोगका लागि अपिल - News site from Nepal

याम परियार ‘शिव’
पर्वत– आर्थिक रुपमा विपन्न जैमिनि नगरपालिका वडा नं. ५ बिनामारेका ५७ वर्षिय मिठे परियार विगत एक महिनादेखि मृगौलाको क्यान्सर रोगवाट पिडित बनेका छन् ।
न्यून आर्थिक अवस्थाका परियार अहिले उपचारका लागि शहिद विपि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत रहेका छन् । उनलाई मृगौलाको क्यान्सर र प्यारालाईसिस समेत भएकाले लामो समय अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्था छ । उनि हिडडुल गर्न र दैनिक कामकाज समेत गर्न नसक्ने भएपछि झनै आर्थिक संकट परेको छ ।
६ वटा छोरीका बाबु समेत रहेका उनको परिवारमा अहिले श्रीमान श्रीमती मात्रै रहेका छन् । भने छोरीहरुको विहेवारी भैसकेको छ ।
आर्थिक अभावका कारण दैनिक उपचारमा समस्या परिरहेको अस्पतालको शैयामा रहेका परियारले रुदै गुनासो गर्नुभयो । चिकित्सकहरुले दुवै रोगको उपचारका लागि करिब रु २० लाख रुपैया लाग्ने जनाएपछि अहिले उनकी श्रीमती रुपा परियार आर्थिक सहयोगको अपिल गर्दै भौतारिईरहेकी छिन् । उनले भनिन् जग्गा जमिन बेचम भने एक सुर्को पनि छैन कमाई गर्ने छोरा पनि छैन, म आफुपनि उनैलाई कुरेर अस्पतालमा बस्नु परेपछि झनै समस्या भयो ।’
उनले विभिन्न सहयोगी निकायहरुसँग उपचारका लागि आवश्यक सहयोग गरिदिन पनि आग्रह गरेकि छिन् । कपडा सिलाउने हाते मेशीन लिएर बालीघरे प्रथामा काम गर्दै आएका परियारलाई जीवनमा बज्रपात परेको हो ।
उनलाई सहयोग गर्न चाहानेहरुले मोवाई नम्वर ९८०५११७८२८ र ९८०५१०६५७९ मा सम्पर्क गर्न सकिने छ । भने राष्ट्रिय वाणिज्य बैंकमा अर्जुन परियारको नाममा रहेको खाता नम्वर ३४०००१३३३५१० मा जम्मा गरिदिई जीवन रक्षा गरिदिनुहुन परिवारले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!