पर्वतको मोदीमा दलित जनप्रतिनिधि र समुदाय बिच अन्तरक्रिया एवं समिक्षा कार्यक्रम सप्पन्न - News site from Nepal

ठाकुर रसाईली
पर्वत– मोदी गाउँपालिका एवं दलित जनप्रतिनिधिकोको आयोजनामा पर्वतको मोदीमा दलित जनप्रतिनिधि र समुदाय बिच अन्तरक्रिया एवं समिक्षा कार्यक्रम सप्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले इतिहास देखि नै आज सम्मका हरेक परिवर्तनमा दलितहरुको अहम् भुमिका रहेको बताउँदै अझै पनि समाजमा मान्छेमान्छे बिचमा बिभेद हुनु दुखद रहेको र यसले समाजको बिकासमा बाधक रहेको बतानुभयो । साथै कसैले दलित भनेर विभेद गर्छ भने कानुन अनुसार दन्डित हुनैपर्ने कुरालाई पनि जोड दिनुभयो । त्यस्तै दलित समुदायको बिकास बिना अहिले राज्यले अपेक्षा गरेको समृद्धि प्राप्त गर्न नसकिने बताउँदै बिकासको यात्रामा दलितहरुलाई समेटेर अघि बढ्न सुझाव दिनुभयो ।

कार्यक्रममा मोदि गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल उपाध्यक्ष सेती महत, जिल्ला समन्वय समितीका सदस्य कविता बिश्वकर्मा, नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार ‘शिव’ मोदी गाउँपालिका नेकपा अध्यक्ष तेज बहादुर क्षेत्री, नेपाल प्रेस युनियन पर्वतका उपाध्यक्ष ठाकुर रसाईली, स्थानीय बलाराम नेपाली लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा मोदि गाउँपालिका अन्तर्गतका सबै दलित जनप्रतिनिधिहरुले दलित समुदायका लागि भएगरेका कामहरुको बारेमा जानकारी गराएका थिए । त्यस्तै कार्यक्रममा सहभागीहरुले दलित समुदायले भोगेका समस्याहरु तथा सुझाव राखेका थिए ।
मोदि गाउँपालिका वडा २ का सदस्य नरमाया बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मोदि गाउँ कार्यपालिका सदस्य लक्ष्मी बिश्वकर्मा र संचालन दलित अधिकारकर्मी चन्द्र बिश्वकर्माले गर्नुभएको थियो । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रमा क्रियाशील दलितहरु को भेलाले चन्द्र बिश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय मोदी गाउँपालिका स्तरीय दलित संजाल गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!