सहकारीकर्मी स्वर्गीय लामिछानेप्रति अभियानको तर्फबाट श्रद्धाञ्जली अर्पण सिंगो सहकारी अभियानलाई क्षति भयो ः महासंघ सञ्चालक जिसी - News site from Nepal

पर्वत– राष्ट्रिय सहकारी महासंघको साधारणसभामा सहभागी हुन जादै गर्दा काठमाडौंमा निधन भएका जिल्ला सहकारी संघ लिमिटेड पर्वतका अध्यक्ष महेन्द्रजंग लामिछानेप्रति सहकारी अभियानको तर्फबाट शुक्रवार श्रद्धाञ्जली अर्पण गरिएको छ ।
स्वर्गीय लामिछानेको मोदी गाउँपालिका वडा नंं. ६ तिलाहरस्थित निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघ पर्वत र पर्वतका विषयगत सहकारीहरुको तर्फबाट संयुक्त रुपमा श्रद्धाञ्जली अर्पण गरिएको हो ।
महासंघका तर्फबाट अध्यक्ष मिनराज कंडेल र गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने सञ्चालक हुमाकुमारी जिसी (अञ्जु) द्वारा जारी शोक सन्देश सञ्चालक जिसीले मृतकका भाई प्रकाशजंग लामिछानेलाई हस्तान्तरण गर्नु भएको थियो ।
राष्ट्रिय सहकारी महासंघका नवनिर्वाचित सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) ले महासंघको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै लामिछानेको निधनले सिंगो सहकारी अभियानले एउटा अभियन्ता गुमाएको बताउनुभयो । सहकारी र राजनीति मार्फत समाज सेवामा क्रियाशिल लामिछानेले आफ्नो जिवनकालमा समाज रुपान्तरणका लागि गरेका अधुरा अनुकरणीय कामहरुलाई पुरा गर्नका लागि अभियान र परिवारका सदस्यहरु मिलेर अगाडि बढ्नु पर्नेमा उहाँको जोड थियो ।
राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघ पर्वत, जिल्ला बचत तथा ऋण सहकारी संघ पर्वत, जिल्ला बहुउद्देश्यीय सहकारी संघ पर्वत, जिल्ला कफि सहकारी संघ पर्वत र जिल्ला दुग्ध उत्पादक सहकारी संघ पर्वतका तर्फबाट संयुक्त रुपमा शोक सन्देश मृतकका भाई प्रकाशजंग लामिछानेलाई हस्तान्तरण गरिएको थियो ।
राष्ट्रिय सहकारीका बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसी, वचत तथा ऋण सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मी, कफी सहकारी संघ पर्वतका अध्यक्ष भवानीप्रसाद शर्मा, जिल्ला वचत तथा ऋण सहकारी संघ पर्वतका सचिव ऋषिराम भुषालले शोक सन्देश हस्तान्तरण गर्नु भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन जिल्ला बचत तथा ऋण सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीले गर्नु भएको थियो ।
राष्ट्रिय सहकारी महासंघको पुस २४ र २५ गते ललितपुरको पुल्चोकमा आयोजित २७ औं वार्षिक साधारणसभामा जाने क्रममा पुस २४ गते बिहान काठमाडौंको नयाँ बानेश्वरमा ह्दयघात भई सिभिल अस्पताल पु¥याउदै गर्दा लामिछानेको निधन भएको थियो । स्वर्गीय लामिछानेप्रति महासंघको २७ औं वार्षिक साधारणसभा उद्घाटन समारोहमा २ मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!