पर्वतले गुमाएका भलिबल खेलाडी तथा प्रहरी जवान केसीको प्रहरी सम्मानका साथ अन्त्येष्टि - News site from Nepal

पर्वत / तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ कालिमाटीमा नेपाल प्रहरी सवार गाडी दुर्घटना मृत्यु भएका प्रहरी जवान सन्दिप केसीको प्रहरी सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं ६ गिज्यान घर भै क्षेत्रिय प्रहरी गण पोखरामा कार्यरत केसीको मोदीबेणी घाटमा प्रहरी सम्मानको साथ अन्त्येष्टि गरिएको हो ।

मोदीबेनीमा दिबंगद प्रहरी जवान केसीको शबमा प्रतिनिधीसभाका सदस्य पदम गिरी, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल लगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले प्रहरीको झण्डा ओढाएर सम्मान अर्पण गर्नुभएको थियो । प्रहरीको टुकडीले शोक शलामी दिएको थियो ।
मृतक केसी नेपाल पुलिस क्लबको भलिबल खेलाडी समेत थिए । जिल्ला प्रहरी कार्यालय बागलुङ्ग दरबन्दी भएपनि उनी खेलाडी भएकै कारण क्षेत्रिय गणमा कार्यरत रहेका थिए । उनी २०७० असोज १५ मा नेपाल प्रहरीमा भर्ना भएका थिए ।
तनहुँ, नवलपुर र चितवनको सङ्गमस्थल देवघाटमा लागेको मकरसंक्रान्तिमेलामा सुरक्षाका लागि गएको पोखरा गणको बा १ ग २११८ नम्बरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङगा पुलपारि घुम्तीमा दुर्घटनामा परेको थियो । गाडीमा ३४ प्रहरी सवार रहेकोमा २९ जना घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!