पर्वत– प्रतिनिधि सभाका सदस्य तथा नेकपा जिल्ला अध्यक्ष पदम गिरीले पर्वत महोत्सव २०७६ को पुर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
यहि माघ ९ गतेदेखि १९ गते सम्म पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवले जिल्लाको पर्यटन विकासमा कायापलट गर्ने बताउनुभयो । उहाँले पर्वतका अग्ला झोलुङ्गे पुल, बन्जिजम्प, दुर्लुङकोट, क्यानोनीङ, कालाञ्जल क्षेत्र, डहरे, पञ्चासे, महाशीला, शालिग्राम लगायतका महत्वपुर्ण पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धन हुने बताउनुभयो । उहाँले समृद्ध नेपाल सुखि नेपालीको नारालाई सफल बनाउन यस्ता खालका आर्थिक गतिविधिहरु भैरहनुपर्ने बताउँदै महोत्सवलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्न सवैको सहयोग र सक्रियताको खाँचो रहेको बताउनुभयो । उहाँले महोत्सव सफल बनाउन सवै सक्रिय रुपमा लाग्न समेत आग्रह गर्दै नेकपा पर्वत यो महोत्सवको हरेक क्रियाकलापमा साथ र सहयोग गर्न तयार रहेको बताउनुभयो ।
भिडियो