
पर्वत- नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा हरिओम शर्मा लामिछानेको उम्मेदवारी घोषणा भएको छ ।
यहि पुष ११ गते हुने निर्वाचनका लागि अध्यक्ष पदको उम्मेदवारमा लामिछानेको उम्मेदवारी दिने घोषणा भएको हो । पर्वत उद्योग बाणिज्य संघको बिहीवार बसेको वैठकले निवर्तमान अध्यक्ष लामिछानेलाई अध्यक्षको उम्मेदवार बनाउने सिफारीस गरेको अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो । लामिछानेले लामो समयदेखि उद्योगी व्यावसायिको क्षेत्रमा क्रियाशिल रहँदै आउनुभएको छ ।
महासंघको प्रदेश कार्यसमितिमा अध्यक्ष सहित जिल्ला नगर उपाध्यक्ष १ जना एशोसियट वा बस्तुगत उपाध्यक्ष १ जना र कोषाध्यक्ष सहित १६ सदस्यीय कार्यसमिति रहने व्यवस्था रहेको छ भने ९ जना प्रत्यक्ष निर्वाचनवाट चुनिने व्यवस्था रहेको छ ।
उवासंघ पर्वतले हरिओम शर्मा लामिछानेलाई मतदान गरी अध्यक्षमा जिताउन समेत अपिल गरेको छ ।