पर्वतको कटुवाचौपारीमा वडा कार्यालय भवन शिलान्यास, दलगत स्वार्थ त्यागेर समृद्ध नगर बनाउँन जुटौँ ः मेयर जोशी - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिका-९ कटुवाचौपारीको आफ्नै भवन बन्ने भएको छ । कटुवाचौपारीको बिबिसी चोकमा आधुनिक भवन बन्ने भएको हो । भवनको आज शिलान्यास गरिएको छ । भवनको कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले शिलान्यास गर्नुभएको हो ।
भवन नहुँदा वडा कार्यालय भाडाको संचालन हुँदै आएको थियो ।
भवनको शिलान्यास कार्यक्रममा बोल्दै मेयर जोशीले आफु बोलेर भन्दा पनि काम गरेर देखाउने उद्देश्यका साथ अगाडि बढेको बताउनु भयो । कुश्मा नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखि धमाधम काम गरेको उल्लेख गदै मेयर जोशीले समग्र नगरबासीको हितको लागि बृहत्त योजना बनाएर विकास निर्माण सँगै जनतालाई सेवा पुर्‍याउन लागि परेको उल्लेख गर्नुभयो । गुणस्तरिय सेवा प्रवाहका लागि सुविधासम्पन्न कार्यालय अपरिहार्य हुने बताउँदै उहाँले सोही बमोजिम नगरपालिकाले वडा कार्यालयहरु निर्माणको कामलाई जोड दिएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीले नगरको विकासका लागि दलगत स्वार्थ त्यागेर अगाडि बढ्नुपर्ने धारण राख्नुभयो ।
कुश्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछानेले जनतालाई सहज रुपमा सेवा प्रदान गर्न वडा कार्यालयको भवन निर्माण गरिएको बताउनु भयो । कटुवाचौपारीको मध्यभागमा क्षेत्रमा निर्माणधिन वडा कार्यालयको भवनले वडाबासीलाई सेवा प्रवाहमा महत्वपूणर् भूमिका खेल्ने भन्दा समयमै गुणस्तरिय भवन निर्माण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा कुश्मा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनी, कुश्मा नगरपालिका-१० पीपलटारीका वडा अध्यक्ष सुजन विक, नेकपा कटुवाचौपारीका अध्यक्ष सुरेश पिसी, नेपाली काँग्रेस कटुवाचौपारीका सभापति पितम्वर शर्मा अधिकारी, समाजसेवी कमलप्रसाद लामिछाने,घनश्याम लामिछाने र जग्गादाता डण्डपाणि शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जग्गा प्रदान गर्ने जग्गादातालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । वडा अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत वडा सदस्य बिन्दुकुमारी पौडेल र कार्यक्रमको संचालन वडा सचिव टेकप्रसाद भुषालले गर्नुभएको थियो ।
शहरी विकास डिभिजन कार्यालयको १ करोड ५० लाख लागतमा सहयोगमा भवन बन्न लागेको हो । दुई रोपनी ३ आना जग्गामा आधुनिक मिटिङ हल सहित भवन बन्न लागेका हो । भवनको निर्माणको जिम्मा आचार्य विल्डर्स प्रालि बागलुङले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!