पर्वतको विहादीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु - News site from Nepal
पर्वतको विहादीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु

पर्वत –  दक्षिण पर्वतको विहादी गाउँपालिकामा गएराती ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
बिहादी गाउँपालिकाको रास्कोटमा भएको परी स्थानीय १२ वर्षिय निखिल परियारको मृत्यु भएको हो । घटनामा चालक सहित ५ जना घाइते भएका छन् ।
राति सवा ९ बजेतिर खहरेबाट नौनादी तर्फ आउँदै गरेको ध १ त ३५३ नम्बरको को ट्याक्टर सडकबाट २०-२५ मिटर तल खसेको थियो ।
दुर्घटनमा चालकसहित ६ जना घाईते भएकोमा उपचारकै क्रममा बिहादीकै १२ वर्षे निखिल परियारको मृत्यु भएको हो । अन्य ५ जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घाइते चालक झकबहादुर नेपाली, ट्याक्टरमा सवार सागर परियार, सन्दिप परियार, शंकर नेपाली र थम्म पुरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!