वीरगन्जको एक अपार्टमेन्टमा प्रहरीको छापा : २२ किलो सुन बरामद - News site from Nepal
वीरगन्जको एक अपार्टमेन्टमा प्रहरीको छापा : २२ किलो सुन बरामद

वीरगञ्ज : वीरगन्जको एक अपार्टमेन्टमा प्रहरीले छापा मारेर २२ किलो बढी सुन बरामद गरेको छ ।
पर्साको वीरगञ्ज महानगरपालिकाको गणेश अपार्टमेन्टमा दुई घण्टा लामो समय छापा मारेर प्रहरीले शनिबार २२ किलो सुन बरामद गरेको हो ।

निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा पहेंलो धातु बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् । यो विषयमा केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने उनको भनाइ छ ।
‘प्रहरीको अपरेशन सकिएको छ’, प्रहरी प्रमुख पन्तले भनिन्, ‘थप विवरण पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौँ ।’ अहिले तीन बजे पत्रकार सम्मेलन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!