पर्वतको जलजला गाउँपालिकाको वित्तिय प्रगति झण्डै ८५ प्रतिशत - News site from Nepal

पर्वत – पर्वत जिल्लाको जलजला गाँउपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा ८४ दशमलब २९ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार गाउँपालिकाले गत ३ महिने लक डाउनका बाबजुद पनि गत आर्थिक बर्षमा झण्डै ८५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको हो ।
गाउँपालिकाले चालु तर्फ ४ करोड ५९ लाख ९२ हजार ९ सय ५८ रुपैंया अर्थात कुल विनियोजीत रकमको ८५.५६ प्रतिशत खर्च गरेको छ । शर्माका अनुसार गाउँपालिकाले गत आर्थिक बर्षमा पुजिँगत तर्फ कुल ११ करोड ३४ लाख २९ हजार ४ सय २२ रुपैया खर्च गरेको छ । उक्त रकम कुल विनियोजीत रकमको ८४.२९ प्रतिशत हो ।
गाउँपालिकाले सामाजिक सुरक्षा तर्फ ६ करोड ४९ लाख ६ हजा ६ सय रुपैंया खर्च गरेको छ । गाउँपालिकाले शसर्त अनुदान तर्फ १८ करोड ६५ लाख १३ हजार ५ सय २९ रुपैँया खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।
गाँउपालिकामा पुर्वाधार तर्फ २३६ योजनाहरु सम्पन्न भएका छन । शसर्तका कार्यक्रम अन्तर्गत शिक्षा तर्फ २ वटा र स्वास्थय तर्फ ४ वटा योजना पुर्वाधार तर्फ सम्पन्न भएको प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।
प्रदेश सरकार मार्फत गाँउपालिकावाट कार्यान्वयन हुने गरी प्राप्त ६ वटा योजनाहरु सम्पन्न भएका छन । स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम तर्फ ३ वटा योजना सम्पन्न भएका छन साथै अन्य निकाय वाट प्राप्त ४ वटा आयोजना कार्यान्वय भएको शर्माको भनाई छ ।
कतिपय आयोजनाहरुको कार्यान्वयन बर्षात शुरु नहुँदै सक्ने गरी योजना बनाई कार्यान्वयन गरिए पनि सरकारले घोषणा गरेको लडक डाउनका कारण प्रभावित भएका थिए ।
आयोजनहरुको सञ्चालनमा पारदर्शीता र जवाफदेहितालाई अनुसरण गर्दै समावेशी विकास सिद्धान्तलाई अबलम्बन गरिएको प्रशासकीय अधिकृत शर्माको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!