पर्वतको मालढुंगामा रहेको माझी बस्तीमा ९० बोरा चामाल वितरण - News site from Nepal

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा रहेको माझी बस्तीमा खाद्यान्न वितरण गरिएको छ । जिल्लाको कुश्मा नगरपालिका वडा नं. १ पाङ स्थित कालीगण्डकी किनारमा अवस्थित माझी बस्तीका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको हो । दक्षिण कोरियामा अवस्थित होपसी संस्थाको सहयोगमा उक्त परिवारलाई राहात स्वरुप खाद्यान्न वितरण गरिएको हो । कुश्मा नगरपालिकाको अनुरोध सँगै कुश्मा नगरपालिका–११ निवासी संजिव चापागाई र कुनपा–४निवासी माधव पौडेलको संयोजनमा मालढुङका ९० परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण मुलुकमा जारी लकडाउनका कारण समस्यामा परेका नागरिकलाई प्रतिव्यक्ति १÷१ बोरा चामाल वितरण गरिएको संयोजक माधव पौडेलले जानकारी दिनुभयो । कालीगण्डकी नदीको किनारमा बालुवा चालेर तथा बंगुरपालेर जीबिकोपाजर्न गदै आएका सुकुम्बासी परिवारलाई राहात स्वरुप खाद्यान्न वितरण गरेको पौडेलले बताउनु भयो । राहात पाएपछि माझी परिवार निके खुशी भएका थिए ।
कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख सिता काफ्ले लामिछाने, कुश्मा नगरपालिका–१ पाङका वडा अध्यक्ष देबेन्द्र सुवेदी, कुनपा –६ का वडा अध्यक्ष रुद्र गिरी, कुनपा–७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेल र पाङका वडा सदस्य खगेन्द्र रिजाल, कुश्मा नगरपालिका सूचना प्राविधिक अधिकृत राजिव रिमालको रोहवरमा पीडितहरुलाई खाद्यान्न वितरण गरिएको पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!