जबरजस्ती करणी मुद्दामा पूर्व सभामुख महरालाई सफाइ - News site from Nepal
जबरजस्ती करणी मुद्दामा पूर्व सभामुख महरालाई सफाइ

काठमाण्डाै – जबरजस्ती करणी मुद्दाकाे आराेप लागेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाउनु भएको छ ।

जिल्ला अदालत काठमाण्डाैका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।

अदालतले सफाइ दिएसँगै पुर्पक्षका लागि थुनामा रहनुभएका महरा अब रिहा हुनु हुने छ । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती बलात्कार गरेकाे अभियोगमा महरा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा हुनुहुन्थ्यो ।

महराविरुद्ध गएको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर भएको थियो । महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे दुई वर्ष गरी साढे सात वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको थियो ।

प्रहरीले महरालाई गएकाे असोज १९ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!