पर्वतको बालाकोटदेखि नारायणगढ सम्म सिधा बस सेबा बुधवारदेखि शुरु हुँदै - News site from Nepal

पर्बत– नारायणगढ देखि घण्टे देउराली र लुँखु देउराली हुदै महाशिला गाउँपालिका वालाकोट सम्म बुधबार देखिनै सिधा वस सेवा संचालनमा आउने भएको छ ।
जसको लागि केहि दिन पहिले सिधा वस सेवा संचालनको सहमति भएको थियो । महाशिला गाउँपालिका प्रमुख राजुप्रसाद पौडेल र वस व्यवासायी समितिका अध्यक्ष योगेन्द्र केसी विच छलफल गरी सहमति भएको हो । समितिका अध्यक्ष केसीले माहाशिला गाउँपालिकाका बासिन्दाहरुको माग लाई मध्येनजर गर्दै बस सेबा शुरु गर्न लागिएको जानकारी दिनुभयो ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राली पोखराले स्थानिय उपभोक्तmाहरुको मागलाई मध्येजनर गर्दै नारायणगढ देखि घण्टे देउराली र लुँखु देउराली हुदै महाशिला गाउँपालिका वालाकोट सम्म बस सञ्चालन गर्ने लागेको हो ।
गाउँपालिका प्रमुख राजु प्रसाद पौडेलले सिधा बससेवा सञ्चालन भएपछि यात्रुलाई सहज हुने जानकारी दिनुभयो । बससेवाले पर्यटन भ्रमण वर्षलाई समेत सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएको छ । नारायणगढ देखि महाशिला गाउँपालिका सम्म भण्डै २ सय किलोमिटर दुरी रहेको छ । बुधबारबाटनै बस सेबा सञ्चालन गर्ने तयारी भएको गाउँपालिकाका प्रबक्तmा जिबन उचै ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबारबाट प्रत्येक दिन ७ बजे लुँखु देउरालीबाट बस छुट्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!