मलेसियामा ६ सय नेपालीको रोजगार गुम्यो - News site from Nepal
मलेसियामा ६ सय नेपालीको रोजगार गुम्यो

 

काठमाडौं – मलेसियामा पन्जा उत्पादन कम्पनी डब्लुआरपी एसिया प्यासेफिक एसडिएन बीएचडी आर्थिक रुपमा धराशायी भएपछि झण्डै ६ सय नेपालीसहित १४ सय विदेशी कामदारको रोजगारी गुमेको छ ।

अमेरिका भन्सार तथा सीमा सुरक्षा विभाग (सीबीपी) ले सेप्टेम्बर ३० मा डब्लूआरपी कम्पनीले कामदारलाई जबरजस्ती काममा लगाएको तथा श्रमशोषण गरेको दाबी गर्दै उसको उत्पादनमाथि प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी निर्णयपछि आर्थिक संकट उत्पन्न भएसँगैं जनवरी १ देखि कम्पनीले पन्जा उत्पादन गर्न बन्द गरिसकेको छ ।

कम्पनीले गत वर्ष ७९.५ मिलियन डलर बराबरको ग्लोब निर्यात गरेको थियो । मलेरियन रबर ग्लोब उल्पादन संघका अनुसार मलेसियाबाट मात्रै ६५ प्रतिशत ग्लोब अमेरिकामा निर्यात हुने गर्दछ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!