पर्वतको कुश्माबजारका सडकमा धमाधम कालोपत्रे विच्छ्याईदैँ - News site from Nepal

पर्वत – जिल्ला सदरमुकाम कुश्मा बजार भित्रका मुख्य सडकहरुमा कालोपत्रे विच्छाउने कार्य शुरु भएको छ ।
संघीय सरकारको शहरी विकास कार्यालय मार्फत नगर क्षेत्रको बजार भित्रको झण्डै ३ किलोमिटर सडक खण्डमा कालोपत्रे विच्छाउने कार्य शुरु भएको हो । नगरभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रेको कामलाई तीव्रता दिइएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले ब ताउनुभयो ।
नगरभित्रको ३ किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोकलगायतका क्षेत्रमा सडक विस्तार र कालोपत्रेको कामलाई तीव्रता दिइएको हो ।
बजारक्षेत्रका मुख्य सडक ८ मिटर चौडा पारेर कालोपत्रे गर्न सहरी विकास तथा पूर्वाधार विकास विभागबाट काम भइरहेको छ । मुख्य बजारमै भएको साँघुरो सडक र स्थानीयले सडक मिचेर बनाएका पेटी भत्काएर फराकिलो पार्दै सडकमा कालोपत्रे विच्छाउने काम अघि बढेको छ । नगरको मुख्य र भित्री बजारका सबैजसो सडक न्यूनतम ८ मिटर चौडा बनाउनेगरी सडक विस्तारमा जुटेको नगर प्रमुख जोशीले बताउनुभयो । यद्यपि कतिपय स्थानमा भने मापदण्ड नपुगे सडक विस्तार गरीएको छ ।
पहिलो चरणमा रिङरोडको सडकका घरटहरा भत्काइसकिएकाले अब सडक चौडा पारेर मुख्य काम सुरु गरिएको नगर प्रमुख जोशीले बताउनुभयो । ‘बजारका सबै सडकको न्यूनतम मापदण्ड अनुसार चौडा पार्ने काम सकियो,’ उहाँले भने, ‘अहिले दोस्रो चरणका काममा अघि बढेका छौ ।’ शाखा सडकहरू यसअघि ५ मिटर कायम गरिएकोमा नगरपालिका कार्यान्वयनपछि ८ मिटरको मापदण्ड बनाएर फराकिलो पार्ने योजना बनाईएको छ । तर केहि पक्कि घरहरु पहिले नै बनेका कारण बजार क्षेत्रका सवै सडक ८ मिटरको कायम भने हुन नसकेको नगरप्रमुख जोशीको भनाई छ ।
सडकमा कालोपत्रे विच्छाउने काम शुरु भए पनि बजार क्षेत्रका केहि मुख्य सडकहरु भने यस पटक छुटेका छन् । सडकमा कालोपत्रे र नाली बनाउनका लागि पर्याप्त बजेट नभएका कारण सवै सडकहरु यसै पटक कालोपत्रे गर्न नसकिएको जोशीले बताउनुभयो । अहिले शिवालय चोक देखि धनेश्वर चोक हुँदै प्रगति चोकबाट बडागाउँ र मैत्री चोक देखि शिवालय माविसम्मको सडक मात्र कालोपत्रको काम भैरहेको छ । बाँकी सडकहरुमा कालोपत्रे विच्छाउने कार्यका लागि संघ र प्रदेश सरकारकासँग समन्वय भैरहेको समेत नगरप्रमुख जोशीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!