एकाविहानै नेपालमा ६ म्याग्निच्यूडको भूकम्प, गण्डकी प्रदेशका अधिकांस जिल्लामा पनि धक्का महसुस - News site from Nepal

पर्वत ः नेपालमा भूकम्पको कडा धक्का महसुस भएको छ ।
बुधबार बिहान ५ बजेर २० मिनेटमा करिब १० सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो। यो भूकम्पको धक्का काठमाडौं लगायत आसापासका जिल्ला र गण्ठडकी प्रदेशका अधिकांस जिल्लामा पनि महसुस भएको छ । भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन।
उज्यालो हुने समयमा मानिसको चहलपहल हुन थालेका बेला भूकम्प गएको हो। भूकम्पको धक्कापछि मानिसहरू घर बाहिर निस्किएका थिए।
भूकम्पपछि परकम्प जान छाडेको छैन । यो पनि २०७२ सालकै भूकम्पको पराकम्प भएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!