पर्वतको कुस्मामा लायन्स क्लब अफ बृजसिटीको रक्तदान कार्यक्रम, ८६ पिन्ट रगत संकलन - News site from Nepal

पर्वत – लायन्स क्लब अफ कुस्मा बृजसिटीको आयोजनामा आइतबार पर्वतको कुस्मामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कोरोना (कोभिड–१९) महामारीको समयमा अत्यावश्यक रगतको अभाव हुन नदिनका लागि क्लबले रक्तदानत कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा ८६ पिन्ट रगत संकलन भएको छ ।

महामारीको घडिमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम राखिएको लायन्स क्लब अफ पर्वत बृज सिटिका अध्यक्ष सुर्वण अर्यालले बताउनुभयो । कोरोनाका कारण पोखरामा नै रगतको अभाब हुन थालेसंगै रक्तदान गर्र्ने अभियानमा लायन्स लागेको उहाँको भनाई छ ।

यसअघि रक्तदान कार्यक्रमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशिले ९कोभिड–१९०को महामारीको समयमा मानवीय सेवाका लागि काम गर्ने संस्थाहरुले अझै बढी सक्रियता देखाउन आबश्यक छ भन्नुभयो । उहाँले देशभर महामारी मात्र नभएर धेरै ठाउँहरुमा बाढी पहिरोमा परि घाइते हुनेहरुका लागि गतको आबश्यकता पर्ने भएकोले यसबाट ठुलो राहात पुग्ने बताउनुभयो ।
(कोभिड–१९)को महामारी र कतिपय ठाउँहरुमा रगत अभावको बेला लायन्स क्लब अफ पर्वत बृज सिटिले गरेको रक्तदानले धेरै नै राहत हुने नेपाल रेडक्रस सोसाइटी पर्वतका अध्यक्ष रुद्र रिमालले बताउनुभयो । ‘सामाजिक दूरी कायम गर्ने, बढी भिडभाड नगर्ने, रक्तदाताको ज्वरो, प्रेसर लगायतका सबै जाँच गर्ने, उहाँहरुको स्वस्थ्य अवस्थाबारे जानकारी लिने, रगत दान गर्ने ठाउँलाई पनि पहिला नै सफा गर्ने गरेर मात्रै रगत लिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!