प्रमुख समाचार

बिनानिष्कर्ष सकियाे नेकपा तीन नेताकाे बैठक

By लोकतन्त्र अनलाईन

July 16, 2020

 काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सहितको छलफल निष्कर्षविहीन सकिएकाे छ। आज बिहान निर्धारित समयभन्दा केही ढिलो गरी बसेको बैठकले भोलि बस्ने स्थायी कमिटी बैठकबाट निर्णय गरिने बताइएको छ। दुई अध्यक्षको छलफलमा कुनै निष्कर्ष ननिस्किएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले थाहाखबरलाई बताए। साथै भोलि बस्ने स्थायी कमिटी बैठकले सबै कुरा टुंग्याउने उनले बताए। प्रधानमन्त्री ओलीको राजीनामाको विषयलाई लिएर पार्टीभित्र केही समययता निकै विवाद बढिरहेको छ। दुई अध्यक्षबीच पटक पटक वार्ता र छलफल भए पनि यसबारे टुंगो लाग्न सकेको छैन। अध्यक्ष दाहाललगायत वरिष्ठ नेता नेपाल पक्षले प्रधानमन्त्रीको राजीनामा माग्दै आइरहेका छन्। यद्यपि आजको बैठकमा ढिला गरी पुगेका वरिष्ठ नेपाल चाँडै निस्किएकाले दुई अध्यक्षबीच केही बेर छलफल भएको थियो । तर यसले सार्थकता भने पाउन सकेन ।