लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतको महाशीलामा उत्पादन बढाउन माटो परिक्षण अभियान - News site from Nepal
पर्वतको महाशीलामा उत्पादन बढाउन माटो परिक्षण अभियान

पर्वत-  कृषिजन्य उपजहरुको उत्पादन महाअभियान थाल्ने निर्णय गरेको पर्वतको महाशीला गाउँपालिकाले माटो परिक्षण गर्न थालेको छ ।
गाउँपालिका भित्रका विभिन्न वडाको माटो परिक्षण गरी कुन वडामा कुन खेतीका लागि उपयुक्त छ भन्ने पहिचान गरी बालीनाली लगाउन माटो परिक्षण अभियान थालिएको हो । आइतवारदेखि थालिएको माटो परिक्षण शिविर अन्तर्गत वडा नं. ५ लुंखुदेउरालीमा सम्पन्न भएको छ । दुई दिनसम्म संचालित शिविरमा एक सय ७० जना कृषकको खेतवारीको माटो परिक्षण गरिएको हो । माटोको फसफोरस, नाइट्रोजन, पोटास, पिएच र ओएम प्राङगरिक पदार्थ परिक्षण गरिएको थियो । परिक्षण गरिएको माटोमा फोसफरसको मात्रा न्यून रहेको पाईएको छ भने अम्लियपना धेरै भएको पाईएको छ भने नाईट्रोजन, फस्फोरसको मात्रा सन्तुलनमा रहेको पाइएको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए ।
उहाँका अनुसार महाशीलाको अधिकांस ठाउँको माटोमा कोशेवाली, तरकारी तथा सुन्तला लगायत अमिलो जातका फलफुलका उपयुक्त हुने सुझाव दिईएको छ ।
गाउँपालिकाका ६ वटै वडामा यस्तो खालको परिक्षण शिविर संचालन गरिने प्रवक्ता ठकुरीले जानकारी दिनुभयो । पछिल्लो गाउँसभावाट उत्पादन महाअभियान थाल्ने घोषणा गरेको महाशीलामा कृषिजन्य उत्पादनमा बृद्धि गरि गाउँपालिकालाई आत्मनिर्भर बनाउने अभियान अनुसार शुरुवातमा माटो परिक्षण गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।
उहाँका अनुसार अब भोक्सिङ, होश्राङदी, पाखापानी, बालाकोट र फलामखानीमा पनि यस्तै शिविर राखेर परिक्षण गरिने छ । परिक्षणबाट आएको माटोको रिपोर्ट अनुसार बालीनाली सिफारीस गरी कृषकहरुलाई लगाउन उत्प्रेरित गर्ने पालिकाका योजना रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!