पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमण, ७४ नेपाली क्‍वारेन्टाइनमा - News site from Nepal
 लिस्बन : पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एकजना नेपालीमा नोबल कोरोना (कोभिड-१९) को पुष्टि भएको भएको छ।
एक नेपालीलाई कोरोना पोजेटिभ देखिएपछि संक्रमण फैलन नदिन उनीसँगै काम गर्ने र उनको सम्पर्कमा भएका ७४ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ। उनीसँग बस्‍ने र सम्पर्कमा आएका ७४ जना नेपालीलाई क्‍वारेन्टाइनमा राखिएको हो।
कोरोना पुष्टि भएपछि स्थानीय स्वास्थ्य प्रतिनिधि, विदेशी र सीमा हेर्ने निकाय (सेफ) ले नेपालीहरुलाई भेला गराएका थिए। आइतबार साँझ उनीहरुलाई इन्सिनो ब्यासीको २-३ सान्टो आन्तोनिऊ फारोमा राखिएको छ। सबै नेपालीहरु एउटै कम्पनीबाट कृषिमा काम गर्दै आएको स्थानीय सञ्‍चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari