
पर्बत- गत सोमबार जिपबाट खसेर गम्भीर घाईते भएका बेल बहादुर पुर्जाको मृत्यु भएको छ ।
पर्वतको जलजला गाउपालिका वडा नम्बर ९ बनौ बस्ने ४८ बर्षिय पुर्जाको उपचारको क्रममा मनिपाल शिक्षण अस्पतालमा आईतबार दिउँसो १ बजेर ५० मिनेट जादाँ ज्यान गएको हो । बनौ बाट कुश्मा आउदै गरेको ध १ ज ७५३ नम्बरको जिपमा सवार पुर्जा कुश्मा नगरपालिका २ अमार्दी नजिक अचानक जिपको सिटबाट खस्दा घाईते भएका थिए ।
घाईते पुर्जाको टाउकोमा गम्भीर चोट लागेको थियो ।
अन्यत्र चोटपटक नदेखिएपनि टाउकोमै लागेको गम्भीर चोटका कारण उनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय पर्बतका प्रहरी निरिक्षक बिकास थापाले जानकारी दिएका छन् ।