
पर्वत– सामाजिक सेवामा सक्रिय इनरह्वील क्लव अफ पर्वतको बनभोज कार्यक्रम सम्पन्न भएको छ । संस्थामा सक्रिय महिलाहरुबीच आपसी सद्भाव र भाईचाराको विकास गर्ने उद्धेश्यले कुश्मा नगरपालिका वडा नं. ११ सिल्मीफाँटमा बनभोज आयोजना गरिएको हो ।
सो अवसरमा घैटो फुटाउने प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा मिना जोशी, हियारी गिरी र निना भुषालले घैटो फुटाउन सफल भएका थिए ।
खेलको उद्घाटन साहित्यकार तथा प्रेस चौतारी नेपालका प्रदेश सदस्य इन्द्रमान खत्रीले गर्नुभएको थियो । प्रतियोगितामा बिजयी हुनेहरुलाई इनरह्वील क्लव अफ पर्वतका अध्यक्ष जलन खत्री, पूर्व अध्यक्ष सावित्रि खत्री क्षत्रि, चन्द्रकला लम्साल, जमुना अधिकारी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।