
पर्बत- – पर्बतको कुश्मा नगरपालिका वडा नम्बर ६ मा अबस्थित शिवालय बहुमुखी क्याम्पसले आईतबार कुश्मा बजार वरपर सरसफाई गरेको छ । क्याम्पसको नवौ बार्षिक उत्सब तथा छैटौ साधारण सभाको अबसरमा आज कुश्मा बजारका बिभिन्न ठाउँहरुको सरसफाई सम्पन्न गरेको हो ।
क्याम्पस प्रमुख, क्याम्पसका पुर्ब अध्यक्ष तथा निर्वतमान अध्यक्षहरु, बिद्यालयका शिक्षक, शिक्षिका तथा बिद्यालयमा अध्ययनरत सम्पुर्ण बिद्यार्थीहरु लगायतले एक साथ बजारमा कुचोले सडक बढार्दै बृहत् सरसफाइ अभियानमा सरिक भएका थिए ।
सरसफाई कार्यक्रम शिवालय क्याम्पसबाट शुरु भई धनेश्वरचोक, मैत्रिचोक, आचार्यचोक, शिवालयचोक हुदै शिवालय क्याम्पसमा आई सम्पन्न भएको सरसफाई कार्यक्रममा सरिक भएका बिद्यार्थी मन्जु लामिछाने र पुजा गिरीले जानकारी गराएका हुन ।
क्यापसको हातावाट शुरु भएको सरसफाइ कार्यक्रम धनेश्वर चोक, मैत्री चोक,अाचार्य चोक,लोकतन्त्र चोक, प्रगति चोक, मेलमेलाप चोक, टेलिकम रोड हुदै पुन क्याम्पसमा अाई समाप्त भएको थियो ।सरसफाइ कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विण्णु प्रसाद नेवार, नि वर्तमान अध्यक्ष गोविन्द पहाडी , सस्थापक अध्यक्ष ईश्वर गिरी ,क्याम्पस प्रमुख कमलनाथ शर्मा लगायत सम्पुर्ण प्रध्यापक र विद्यार्थीहरुको उपस्थिति थियो । सरसफाइ कार्यक्रमलाई सरसफाइ अभियन्ता टीकाराम भुषालले अावश्यक सहजिकरण गर्नुभएको थियो ।