लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पोखरामा २६ वर्षीया सुनीताले जन्माइन् चम्ल्याहा शिशु - News site from Nepal
पोखरामा २६ वर्षीया सुनीताले जन्माइन् चम्ल्याहा शिशु
पोखरा– पोखराको मनिपाल शिक्षण अस्पतालमा चम्ल्याहा शिशुको जन्म भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले बिहीबार ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् । चारैजना शिशु र आमाको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।

डा. महेन्द्र पाण्डेको नेतृत्वमा शल्यक्रियामार्फत चार बच्चाको जन्म दिइएको हो । ७ चिकित्सक र स्वास्थ्यकर्मीको पहलमा करिब ४० मिनेट लगाएर शल्यक्रियामार्फत बच्चाको जन्म गराइएको थियो । चारै शिशु करीब डेढ केजीका रहेका छन् । पहिलो बच्चा छोरी (तौल १.६ किग्रा), दोश्रो छोरा (१.३ किग्रा), तेश्रो छोरी (१.३ किग्रा), चौथो छोरी (१.४ किग्रा) रहेका छन् ।

भिडियो एक्सरे गर्दा तीनटा बच्चामात्रै देखिएको तर शल्यक्रिया गर्दा चारवटा भेटिएको डा पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!