गायक बिमलराज क्षेत्रीको बहुप्रतिक्षित गित ‘ऐना हेरी हेरी’ सार्वजानिक (भिडियोसहित ) - News site from Nepal

साजन परियार
पर्वत । बहुचर्चित लोकदोहोरी गायक बिमलराज क्षेत्रीको नयाँ गितको म्युजिक भिडियो सार्वजानिक भएको छ । माघे संक्रन्तीको अवसर पारेर गायक क्षेत्रीले ‘ऐना हेरी हरी’ बोलको दोहोरी गित सार्वजानिक गरेका हुन् । सर्जक एकनारायण भण्डारीको शव्द संगितमा उक्त गित बजारमा आएको हो ।

गितमा गायक बिमलराज क्षेत्री र बिष्णु माझीको जादुमय स्वर रहेको छ । उक्त गित एक नारायण भण्डारीको यूटुव च्यानलवाट सार्वजानिक भएको हो । गित सार्वजानिक भएको छोटो समयमै राम्रो भ्यूज पाएको छ । गितको म्युजिक भिडियो निकै लोभलाग्दो बनेकोे यूटुवमा प्रतिक्रिया आएका छन् । म्युजिक भिडियोमा भिज्जु पार्की र कबिता नेपालीको उत्कृष्ठ अभिनय रहेको छ ।

सितारा म्युजिक प्रालिबाट बजारमा आएको गितको भिडियो निर्देशन सान्न थापाले गरेका छन् । राग स्टुडियोमा रेकडिङग भएको ‘ऐना हेरी हरी’ बोलको गितलाई चर्चित म्यूजिक एरेन्जर आर्शिस अबिरलले एरेन्ज गरेका छन् । भिडियोलाई अर्जुन तिवारीको टिमले खिचेको हो । म्युजिक भिडियो वाट लाखौँ दर्शक तथा स्रोताको माया पाउने अपेक्षा गरिएको छ ।

साँगितिक क्षेत्रमा गायक क्षेत्री र सर्जक भण्डारीको सहकार्यलाई निकै चासोको रुपमा हेरिन्छ । यस अघि क्षेत्री र भण्डारीले सुपारी चाम्रो र बुट्टै रुमाल बोलको गित बजारमा ल्याएका थिए । ति दुवै गित अहिले पनि श्रोता र दर्शको मुखमा झुण्डिने गरेको पाईन्छ । दुई दर्शकदेखी निरन्तर साँगितिक क्षेत्रमा लागेका गायक क्षेत्रीका थुप्रै गित चर्चाको शिखरमा छन् । पर्वत नेपाल सँग कुराकानी गदै क्षेत्रीले गित राम्रो बनेको दाबी गरे । गायक क्षेत्रीले भने,‘दर्शक र श्रोताहरुको अपेक्षा अनुसार गित बजारमा आएको बताउँदै यस गितवाट आफु धेरै आशावादी रहेको प्रतिक्रिया दिए।’ गायक क्षेत्रीको यो गितलाई हाम्रो पनि शुभकामना छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari